२३ साउन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिको पहलमा टोखा नगरपालिका वडा नं. १० अवस्थित श्री मनोहर माध्यमिक विद्यालयका ७० जना छात्र तथा छात्रालाई निःशुल्क जुत्ता वितरण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिको पहलमा टोखा नगरपालिका वडा नं. ३ अवस्थित मोर्डन फुटवेरका सञ्चालक तथा समाजसेवी केशर प्रधानलले उपलत्तग गराएको जुत्ता काठमाडौं क्षेत्र नं. ६ का सांसद् तथा पूर्व शिक्षामन्त्री शिशिर खनालले विद्यालयमा गई विद्यार्थीहरुलाई नै हस्तान्तरण गरेका छन् ।
रास्वपा टोखाको तेस्रो चरणको कार्यक्रममा आज ७० थान जुत्ता हस्तान्तरण गरिएको थियो । यसभन्दा अघि दोस्रो चरण अन्तर्गत साउन २१ गते टोखा ३ मा रहेको सरस्वती मा.वि.का विदार्थीहरुलाई ५५ थान जुत्ता वितरण भएको थियो ।
त्यस्तै पहिलो चरणमा साउन १८ गते झोरमहांकाल मा.वि.का ५० जना छात्रछात्रालाई जुत्ता वितरण गरिएको टोखा नगर सभापति सुर्य प्रसाद काफ्लेले बताएका छन् ।

उक्त कार्यक्रममा रास्वपा टोखा १० का सभापति नन्दलाल अधिकारी लगायतका स्थानीय नेता÷कार्यकर्ताहरु, रास्वपा बागमती प्रदेश सदस्य सुमन कुमार धिताल, बागमती प्रदेश, पर्यटन तथा सांस्कृतिक विभागका प्रमुख लक्ष्मण सिटौला, टोखा नगर समितिका सभापति सूर्यप्रसाद काफ्ले लगायतका नगर पदाधिकारीको समेत सहभागिता रहेको थियो ।






