बैशाख १४, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. ६ का संघिय सांसद् शिशिर खनालले २०८४ को स्थानीय तहको चुनावमा रास्वपालाई जित्न कुनै समस्या छैन । शनिबार तारकेश्वर रास्वपाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै सांसद् खनालले भनेका छन् ।
२०७९ को मतदेखि काठमाडौं–१६ को मत हेर्दा अबको २ वर्ष पछि हुने स्थानीय तहको चुनावमा मेयरदेखि वडासदस्यसम्म जित्ने सम्भावना रास्वपामा छ । त्यसलाई जित्ने गरी संगठन निर्माण गरेर जनतामा जान नयाँ निर्वाचित हुने नगर कमिटिको काँधमा आएको बताए । २०७९ को तारकेश्वरको रास्वपाप्रतिको उभारलाई जोगाउने जिम्मा पनि नयाँ कमिटिलाई आएको छ ।
अहिले निर्वाचित हुने टिमलाई २०८४ मा ११ वटा वडाका जनप्रतिनिधि र मेयर÷उपमेयर जिताउने गरी काम गर्नुपर्ने चुनौति रहेको छ । त्यसलाई सामना गरेर अगाडी बढ्नुपर्ने स्थिति अब बन्न नगर कमिटिलाई आएको छ ।
अहिलेको तारकेश्वर नगरपालिकाको जनप्रतिनिधीबाट जनता पूर्ण रूपमा असन्तुष्ट छन् । यूवा नेतृत्वप्रति नै बदनामी गराएको छ । सबै वडा र टोल–टोलमा पुग्दा जनता स्थानीय सरकारबाट निरास छन् । तारकेश्वर–९ मा सत्ता र शक्तिको बलमा कब्जा गरिएको सरकारी जग्गा खाली गराउन हामी सफल भएका छौं ।
अब तारकेश्वर भरीका सम्पूर्ण सार्वजनिक जग्गाहरुको संरक्षणका लागि कब्जा गर्नेहरुको खोजी गरी संरक्षण कार्यमा रास्वपा लाग्नुपर्ने खनालले बताएका छन् ।
अबको २ वर्ष जनताका समस्याहरु बुझ्न घरदैलोमा नगर कमिटि परिचालन भएर काम गर्नुपर्छ । तपाईंहरुको साथमा म छु । रास्वपाको २१ जना सांसद् र १ जना वडाअध्यक्षको कामलाई लिएर जनतामा जानुपर्छ । सांसदहरुले सदनमा उठाएका जनपक्षिय मुद्दा र वडाअध्यक्षले गरेको कामलाई जनताले हेरिराखेका छन् ।