Comments Add Comment

Advertisment

SKIP THIS

महिलालाई बन्धक बनाएर हत्या गर्न खोज्ने श्रीमान र ससुरा पक्राउ

५ भदौ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय गोरखाले महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेका छन्।

नाताले श्रीमती एवं बुहारी पर्ने फरिदा खातुनलाई उनीहरुले दुई दिनदेखि कोठामा बन्धक बनाएर केही पनि खान नदिइ राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कोठाभित्रको खाबोमा ती महिलालाई बाँधेर मार्ने उदेश्य सहित लौरी, पेटी, खुकुर र चक्कु समेतले प्रहार गरेको प्रहरीले जनाएको छ। घरभित्र थुनेर गएको अवस्थामा भाग्न सफल भएपछि ती महिलाले आफ्ना श्रीमान र ससुराविरुद्ध जाहेरी दिएकी थिइन्।

पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment