Comments Add Comment

Advertisment

SKIP THIS

एसपी अपिल राज बोहराले पाए काठमाडौं प्रहरी परिसर प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिल राज बोहराले पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले हिजो बुधबार एसपी बोहरालाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न बोहरालाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

एसपी बोहरालाई मोबाइल नम्बर ९८५१२२६९८३ वा इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.npमा सम्पर्क गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै