म तिमी जस्तै हुन सक्छु
तिमी म जस्तै भएर त हेर्
मेरा मात्र आखाँहरूमा हेर्
केवल तिम्रै बिम्बहरू त छन्।

म हरेक दिन मेरा आभाषहरूमा
तिमी बनेर प्राण भरिरहेको छुँ
तिमी मात्र मेरा आखाँहरू हेर्
तिम्रै आशुहरू त झल्केका छन्।

म हरेक दिन तिमी जस्तै हुन खोज्छु
तिमीलाई पनि म जस्तै बनाउन खोज्छु
कहिले समयले तिमीलाई बिगार्छ
कहिले परिस्थितिमा म विग्रन्छु।

समय तिमीबाट टाढा बनाउन खोज्छ
म समयसँग तिमीलाई खोजिँरहन्छु
शायदै तिमीले मलाई समयमा खोजेनौ
म सदैव क्षितिजमा तिमीलाई हेरिँरहन्छु।

म तिम्रै आफ्नै ब्यथाहरूको कथामा थिए
तिमीले मेरा कथाहरूमा आफ्नै रंग खोज्यौ
म आफ्नै आकारमा ब्यथाहरू बुन्दै थिए
म मेरै बिषयको कथाहरूमा भुलिदै गएँ।

जीवनको कुनै मोडमा फेरि पनि तिमी
म जस्तै भएर ममा समाहित हुन आँउ
म तिमी जस्तै भएर आफैमा दुःखीरहन्छु
म हरेक दुःखहरूमा तिमीलाई खोजिरहन्छु।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।