Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटमा बाढीबाट एक जना बेपत्ता, कागतिगाउमा बाढीले १० घर क्षतिग्रस्त

अविरल वर्षाका कारण नुवाकोट जिल्लाको ककनी गाउँपालिका-१ स्थित भसीबु खोलामा पानीको वहाव बढेपछि ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन्।

उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल (एपीएफ) को टोली खटाइएको छ।

घटनास्थलमै रहेको तीन गोठमध्ये एक बगेको थियो जसमा अशोक बलामी घाइते भए। उनलाई उद्वार गरी तत्काल उपचारका लागि काठमाडौं पठाइएको छ। घटनाको जानकारी पाइएपछि एपीएफ नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरबाट ६५ जना जवानहरू उद्धार अभियानमा लागेका छन्। खोलाले पशुचौपाय र अन्य सामान पनि बगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै