तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा अवस्थित चिरायु बहुउद्देश्यीय सहकारी संस्था लि.ले तीज विशेष कार्यक्रम “दियालो फुल्यान, शेषमतीमा” भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष सरोज महर्जनले गर्नुभयो भने, सचिव रामलाल महर्जनले सहकार्य गर्दै कार्यक्रमलाई अझ रमाइलो र आकर्षक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
सहकारीका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय सहभागितामध्ये कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
चिरायु सहकारी पछिल्लो समयमा तारकेश्वर क्षेत्रकै विश्वासिलो र आकर्षक सहकारी संस्थाका रूपमा अगाडि बढ्दै आएको छ। २०६४ सालमा स्थापना भएको यस सहकारीमा हालसम्म हजारौँ सदस्य आवद्ध भइसकेका छन्। सहकारीले वित्तीय सेवासँगै सदस्यबीचको आपसी एकता, सहकार्य र सामाजिक सांस्कृतिक मूल्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर सक्रियता देखाउँदै आएको छ।
अध्यक्ष सरोज महर्जनका अनुसार,
“हामीले आफ्ना सदस्य र ग्राहकलाई अझ सहज र गुणस्तरीय सेवा दिन निरन्तर प्रयास गरिरहेका छौं। सहकारीलाई अझ बलियो र समयअनुकूल बनाउन नयाँ नियम र सुविधाहरू ल्याउँदै छौं।”
सहकारीले हाल विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम, तालिम तथा सीप विकास गतिविधि सञ्चालन गरिरहेको छ भने निकट भविष्यमा सदस्यलाई अझ सुविधाजनक डिजिटल सेवासुविधा उपलब्ध गराउने योजनासमेत अघि सारेको छ।
यसरी तीज पर्वलाई मात्र नभई सामाजिक–सांस्कृतिक एकतालाई समेत मजबुत पार्दै आएको चिरायु बहुउद्देश्यीय सहकारीले तारकेश्वर क्षेत्रमा आफ्ना गतिविधिहरू अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ।










