Comments Add Comment

Advertisment

SKIP THIS

झुण्डिएको अवस्थामा ९ वर्षीय बालक मृत फेला

४ पुष काठमाडौ । बुटवल उपमहानगरपालिका ११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकझुण्डिएको अवस्थामा मृत फेला परेका छन् । हिजो (शनिबार) ९ वर्षीय बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजे मात्रै प्रहरीलाई खबर गरेका प्रहरीले जनाएको छ । ९ वर्षीय बालकको तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।

सो घटना शंकास्पद भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment