Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले गर्छिन् आत्महत्या,

५ पुष काठमाडौ । भारतमा अघिल्लो वर्ष २२,३७२ गृहिणीले आत्महत्या गरेको राष्ट्रिय अपराध रिकर्ड विभाग (एनसीआरबी) ले हालै एक तथ्यांक सार्वजनिक गर्दै जानकारी दिएको छ ।

यस अनुसार प्रत्येक दिन ६१ र प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरेका छन् । भारतमा सन् २०२० मा भएको कुल १ लाख ५३ हजार ५२ आत्महत्यामा गृहिणीको संख्या १४।६ प्रतिशत रहेको छ । यसमा आत्महत्या गर्ने महिलाको संख्या ५० प्रतिशत भन्दा पनि बढी छ ।

यो स्थिती गत वर्षको मात्रै होइन । सन् १९९७ मा जब एनसीआरबीले पेशाको आधारमा आत्महत्याको आँकडा एकत्रित गर्न सुरु गर्यो त्यसयता प्रत्येक वर्ष गृहिणीको आत्महत्याको आँकडा सार्वजनिक भइरहेका छन् । सन् २००९ मा यो आँकडा २५ हजार ९२ सम्म पुगेको थियो ।

आत्महत्याको लागि पारिवारिक समस्या वा विवाहसँग जोडिएको विषय जिम्मेवार भएको रिपोर्टमा उल्लेख छ । तर गृहिणीले आत्महत्या रोज्नुको कारण के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment