Comments Add Comment

युरोपका १९ देशमा माओवादीको संगठन विस्तार

१४ पुष काठमाडौ । नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ । सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो । जनप्रगतिशील मञ्चका नाममा १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा जर्मनीको अध्यक्ष गोविन्द प्रसाद भण्डारी,पोर्चुगलको अध्यक्षमा दावा लामा, नेदरल्याण्डमा संघर्षशील केसी अध्यक्ष निर्वाचित भएका छन् ।

त्यसैगरी आयरल्याण्ड र डेनमार्कमा क्रमश सुकमान लामा र महेन्द्र खड्का अध्यक्ष भएका छन् । उता, स्पेनमा विशाल ढुंगाना,स्वीडेनमा रामशरण ढकाल,बेलायतमा मानबहादुर गुरुङ,बेल्जियम जितबहादुर लामा,अष्ट्रीया डाइमण्ड राई,चेक रिपब्लिक विष्णु बहादुर रायमाझी, फ्रान्स सुमन पौडेल,पोल्याण्ड विश्वास कट्टेल, क्रोयशिया दीपक विशंखे,स्वीजरल्याण्ड श्याम घले,इटाली हरिभक्त काराखेती, नर्वे कृष्ण अर्याल तथा माल्टा रोहित गौतम र साइप्रसमा समेत माओवादीले अधिवेशन सम्पन्न गरेर संगठन विस्तार गरेको छ ।

माओवादीले निकट भविष्यमै रोमानिया, स्लोभेनिया, स्लोभाकिया, हंगेरी, रसिया, फिनल्याण्ड र टर्कीमा समेत संगठन विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment