Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

१८ पुष ,काठमाडौ । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । एकैगाउँ तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै