Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल इन्जिनियरिङ कलेजको ठगी मुद्दा फैसला हुने चरणमा

१९ पुष , काठमाडौ । नेपाल इन्जिनियरिङ कलेजमा करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका लम्बोदरकुमार न्यौपानेलगायत विरुद्धको मुद्दा फैसला हुने चरणमा पुगेको छ । मुद्दाको सम्पूर्ण ‘अंग पुगेकाले’ भक्तपुर जिल्ला अदालतले सोमबार फैसला गर्ने सम्भावना छ ।

यस मुद्दामा गत साउन ३१ देखि नियमित सुनुवाइ गरिरहेकी न्यायाधीश कमला पौडेलले गत मंसिर १२ मा एक महिनाको समय दिएर बहस नोट पेस गर्न आदेश गरेकी थिइन् । दुवै पक्षले बहस नोट पेस गरिसकेकाले अदालतले सोमबारका लागि पेसी तोकेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा नेपाल इन्जिनियरिङ कलेजबाट न्यौपानेले ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६, रामरत्न उपाध्यायले चार करोड ७० लाख ६८ हजार ६ सय ४४ र लबराज भट्टराईले ६ करोड ३४ लाख ६६ हजार ६ सय ७ रुपैयाँ ठगी गरेको अभियोग लगाइएको छ । त्यस्तै उपेन्द्र गौतमले पाँच करोड ६९ लाख २३ हजार चार सय ३१ र रामकुमार श्रेष्ठले २८ लाख ६४ हजार पाँच सय रुपैयाँ ठगी गरेको भन्दै कलेजलाई भराउन माग गरिएको छ ।

चोलाकान्त च्वाइँमाथि किर्ते गरेर कलेजको विधान परिवर्तन गरेको अभियोग लगाइएको छ । भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयले २०७७ कात्तिक १७ मा मृत्यु भएका सूर्यबहादुर केसीको जायजेथा वा बैंक ब्यालेन्सबाट दुई करोड १८ लाख ५० हजार ८ सय रुपैयाँ कलेजलाई भराउन मागदाबी गरेको छ । अभियोग पत्रमा न्यौपाने र उनको समूहमाथि कलेजको करिब छ करोड रुपैयाँ आपस बाँडेको, कलेजको रकमले गाडी किनेर व्यक्तिका नाम दर्ता गरेको, उही नामको कम्पनी खडा गरी खर्च देखाएको, कलेजसँग असम्बन्धित व्यक्तिहरूलाई लाखौं रकम पेस्की बाँडेको, हुँदै नभएको सचिवालयका नाममा खर्च देखाएको जस्ता विवरण उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै