Comments Add Comment

Advertisment

SKIP THIS

बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक

२२ पुष , काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेको छ ।

बिहान साढे नौ बजेदेखि बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रियसभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको समितिमा सत्तारुढ दलका शीर्ष नेताहरू सदस्य रहेका छन् । बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा समेत छलफल हुने नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment