Comments Add Comment

Advertisment

SKIP THIS

बिनासँग विकासको ‘एकै नजरमा’

२२ पुष, काठमाडौ । एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको गीत ‘एकै नजरमा’ को भिडियो सार्वजनिक भएको छ । विक्की परियारको स्वर रहेको गीतमा बिष्णुबाबु देवकोटाको शब्द, टीका दाहालको संगीत र राहुल प्रधानको एरेञ्ज छ ।

कालिञ्चोकमा छायांकन गरिएको भिडियोमा विकास लामिछाने र बिना राउत फिचर्ड छन् । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ ।

संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै