
११ जेठ, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ३;५० बजे दिउँसोदेखि मंगलबार बिहान ६;३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका छन् ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बैजनाथ गाउँपालिका(-४ बाँकेका ३८ वर्षीया महिलाको सोमबार दिउँसो ३;५० बजे र कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको सोमबार साँझ ६ बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१८ की ८५ वर्षीया महिलाको सोमबार साँझ ६;२० बजे, कोहलपुर नगरपालिका-१० बाँकेकै ७१ वर्षीय पुरूषको मंगलबार विहान ५;४० बजे र खजुरा गाउँपालिका-४ बाँकेकी ३२ वर्षीया महिलाको मंगलबार विहान ६स्३० बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका-८ दाङका ५६ वर्षीय पुरूषको सोमबार दिउँसो ४स्३० बजे र तुलसीपुर उपमहानगरपालिका १२ दाङकी ४० वर्षीया महिलाको सोमबार राति ९;१० बजे मृत्यु भएको छ भने घोराही उपमहानगरपालिका;१८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार विहान २स् १५ बजे मृत्यु भएको छ ।
यस्तै बाँसगढी नगरपालिका-३ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका-६ बर्दियाकी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार राति ११;३० बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्य जिल्ला बाहिरका २५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।


