Comments Add Comment

Advertisment

SKIP THIS

युवा संघका नेताद्धारा पशुपति क्षेत्रको अनुगमन

२४ पुष , काठमाडौ । नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालले पशुपति क्षेत्र विकाश कोषको निरीक्षण तथा अनुगमन गरेको छ ।

युवा संघले गठन गरेको ‘सार्वजनिक सम्पतिको दुरुपयोग विरुद्ध युवा दबाब तथा अध्ययन समिति’ले पशुपति क्षेत्र बिकाश कोषको धर्मशाला बतास ग्रुपले सञ्चालन गरेको होटेलको शनिबार अनुगमन गरेको हो ।

एकीकृत समाजवादीका पोलिटव्यूरो एवं संघका इन्चार्ज दिलु पन्थ, केन्द्रीय सदस्य एवं संघका अध्यक्ष नरेश शाही, इन्चार्ज, पदाधिकारीका साथै समितिका संयोजक एवं संघका उपमहासचिव तथा प्रवक्ता सञ्जिप राई सहितको टोलीले अनुगमन गरेको हो ।

पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र बिकाश कोषको धर्मशाला बतास ग्रुपले ब्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरेको र यसका साथै देशका बिभिन्न स्थानहरुमा समेत राज्यलाई प्रभावित पारी सार्वजनिक जग्गा दुरुपयोग गरी रहेको बिषयमा संघले राज्यको गम्भिर ध्यानाकर्षण गरेको प्रवक्ता राईले बताए ।

बतास ग्रुप लगायत अन्य बिभिन्न ब्यवसायिक समुहहरुले देशका विभिन्न स्थानहरुमा सार्वजनिक सम्पत्तीको दुरुपयोग बिरुद्ध दबाब दिने उद्देश्यले संघका प्रवक्ता एंव उपमहासचिब राईको संयोजकत्वमा शुक्रबार एक कमिटी गठन भएको हो । कमिटीको सदस्यमा रोशन थापा, फुर्वा लामा, दिपक दुवाडी, शिव श्रेष्ठ रहेका छन् ।

यसैबीच शुक्रबार संघका अध्यक्ष शाहीको नेतृत्वमा युवाहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा उनीहरुले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरु दुरुपयोग हुनबाट रोक्नुपर्ने माग गरेका थिए ।

‘युवा संघले देशको सार्वजनिक सम्पत्तीको संरक्षण गर्नु दायित्व ठान्दछ र सो सम्पत्तीको दुरुपयोग तथा बिनाशका बिरुद्ध संघले पटक पटक आन्दोलनको कार्यक्रमहरु गर्दै आएको कुरा जगजाहेरै नै छ । सार्वजनिक सम्पतीको संरक्षका लागि पुन आन्दोलनमा उत्रिनुपर्दा हामी पछाडी हटदैनौं’ अध्यक्ष शाहीले बताए ।

राज्यको एतिहासिक सम्पदाहरु संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै उनले महत्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा ब्यवसायिक रुपले होटल रेस्टुरेन्ट सन्चालन गर्ने कुरा कदापी स्वीकार्य हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment