
२९ पुष, काठमाडौ । काठमाडौं प्रहरीले कोरोना भाईरस रोकथामकाे लागि जनचेतनामूलक अभियान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले समुदाय-प्रहरी साझेदारी (Community -Police Partnership)अन्तर्गत कोभिड हेल्प डेस्क (Covid Help Desk) स्थापना गरी विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी सुदीप गिरिले जानकारी दिए ।

कोभिड-१९ को नयाँ भेरियन्ट “Omicron”को संक्रमण पुनः विश्वगव्यापि रुपमा फैलिरहेको अवस्थामा सो संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्नका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य मापदण्डहरुको पालना गर्न र गराउन महानगरीय प्रहरी परिसर,टेकु तथा मातहतका प्रहरी बृत्त/प्रभागहरुबाट आज मात्र उनन्तीस(२९) स्थानमा कोभिड हेल्प डेस्क ( Covid Help Desk) स्थापना गरी प्रहरीले सचेतनामूलक माइकिङ, जिङ्गल प्रशारण, प्लेकार्ड प्रदर्शन तथा तपाइँको माक्स खोई ? कार्यक्रम सञ्चालन गरी माक्स नलगाएका सार्वजनिक यातायातमा सवार यात्रीहरु,नीजि सवारी साधनका चालक,यात्री तथा पैदल यात्रीहरु लगायतलाई सम्झाई बुझाई गरी सर्जिकल माक्स वितरण गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको एसएसपीेले बताए ।

एसएसपी सुदीप गिरिले सरकारले तय गरेको मापदण्ड पालना गराउन आफुहरु व्यस्त रहेको बताउनुभयो । त्यस्तै अनावश्यक रुपमा हिँडडुल नगर्न सर्वसाधारणलाई सम्झाउने बुझाउने काम पनि प्रहरीले गरेको बताउनुभयो ।

साथै एसएसपी गिरिले काठमाडौं प्रहरी परिसर मातहतका सम्पुर्ण डिएसपी तथा सिनियर,जुनियर प्रहरी अधिकृतहरूलाई कोभिड- १९ को नयाँ भेरियन्टको संक्रमण तीब्र रुपमा बढिरहेकोले रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी गरीएका सूचनाहरूको पूर्ण पालना गरी/गराई आफू पनि सुरक्षित रहँदै नागरिक सेवामा खटिन समेत निर्देशन दिएको बताए । जनतालाई सुरक्षित बनाउन आफुहरु पनि सुरक्षित हुँदै फिल्डमा खटिएको उहाको भनाई छ ।









