Comments Add Comment

Advertisment

SKIP THIS

सिडियो पाण्डेद्वारा जिल्ला प्रहरी कार्यालय काभ्रेको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

 माघ , काठमाडौ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा केही दिन अघि मात्र कार्यालय प्रमुखको कार्यभार सम्हाल्नु भएकि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको निरीक्षण भ्रमण एवं निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निरीक्षण भ्रमण एवं निर्देशन कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले पुष्प गुच्छा प्रदान गरी स्वागत गरेका थिए स्वागत पश्चात जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको विभिन्न शाखाहरुबाट सम्पादन हुने प्रहरी काम कारवाही र गतिविधिहरुको अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाको समग्र भुगोल, राजनैतिक अवस्थिती, महत्वपूर्ण प्रतिष्ठान, जिल्ला प्रहरी कार्यालयको संगठनात्मक संरचना,अपराधिक तथ्याङ्क, नगरपालिका र गाउपालिकाको समग्र बस्नु स्थिती लगायत काभ्रे जिल्लको शान्ति सुरक्षा र चुनौतिको बारेमा प्रहरी नायव उपरीक्षक हरि खतिवडा बाट प्रस्तुतीकरण गरेका थिए र काभ्रे जिल्लाको ट्राफिक व्यबस्थापन पक्षको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठबाट जानकारी गराईएको थियो ।

प्रस्तुतीकरण पश्चात काभ्रे प्रहरी कार्यालयको अनुगमन निरीक्षणमा रहनु भएका प्रमुख जिल्ला अधिकारी बाट सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्न किन्चित पनि आफ्नो सेवा भावबाट कुनै पनि प्रकारको प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्न हौसला प्रदान गर्दै निर्देशन सम्बोधन गर्नु भएको थियो ।

काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले आफ्नो कार्य व्यस्तताको बाबजुद जिल्ला प्रहरी कार्यालयलाई प्राथमिकतामा राखी आफ्नो अमुल्य समय यस निरीक्षण भ्रमण कार्यक्रमलाई दिनु भईकाभ्रे प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई हौसला अभिबृद्ध गर्दै निर्देशन सम्बोधन गर्नु भएकोमा प्रमुख जिल्ला अधिकारी ज्यूबाट निर्दिष्ट निर्देशनको परिपालनामा कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थितीलाई सुदृण गर्न हरेक प्रहरी कर्मचारीहरुले आ(आफ्नो स्थानबाट पदिय जिम्मेवारी कर्तव्यनिष्ट रही निर्वाह गर्न समेत निर्देशन दिनु भई श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment