
काठमाडौँ, ५ माघ । सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ ।
विभागका अनुसार बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा भने सिटामोल भेटिएको विभागले जनाएको छ । औषधी जस्तो संवेदनशील वस्तुको कार्टेलिङ गरेको आरोपमा विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ नगद जरिवाना र सचेत गराउने काम गरेको हो ।
कोभिडको पछिल्लो लरहमा अत्यवश्यक कुनै पनि खाले औषधिमा कालोबजारी वा कृत्रिम अभावको गुनासो भए तत्काल खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।



