Comments Add Comment

Advertisment

SKIP THIS

थपिए १० हजार ७०३ जनामा कोरोना संक्रमित , ३ को मृत्यु

७ माघ , काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणमा ८८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८८८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९१ दशमलब ४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment