Comments Add Comment

Advertisment

SKIP THIS

संयुक्त विद्यार्थी संगठनले लगाए केएमसी मा ताला

१० माघ , काठमाडौँ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी) मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

चिकित्सा शिक्षा अध्ययनका लागि केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै संयुक्त विद्यार्थी संगठनले आइतबार तालालबन्दी गरेको हो । एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको विद्यार्थीहरुको आरोप छ ।

छात्राबासलाई अनिवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास भएको विद्यार्थी संगठनको भनाई छ । यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्‍म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै