Comments Add Comment

Advertisment

SKIP THIS

महानिरीक्षक शैलेश थापा क्षेत्रीले कास्की परिसरमा सुविधायुक्त पक्कि भवनको उद्घाटन गर्दै

१४ माघ, काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरि छुट्टाछुट्टै चारवटा सुविधायुक्त पक्कि भवनको आज उद्घाटन गर्दै उहाँले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उहाँले समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई वलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रहरी संगठनको लोकप्रियताकै कारण देशमा हाल ६२७ प्रहरी युनिटहरु थप गर्न माग गरिएको जानकारी दिंदै उहाँले त्यसका लागि २३ हजार जनशक्ति आवश्यक हुने बताउनुभयो । आफ्नो इमान्दारीता र जिम्मेवारीका लागि सवैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै उहाँले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन नगर्न नहुनेमा जोड दिनुभयो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी संगठनलाई पनि पुर्वाधार एवम् प्रविधि सम्पन्न बनाउनु पर्नेमा जोड दिंदै महानगरपालिकाले पुर्वाधार सम्पन्न बनाउन आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग गरिरहेको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जिउ धनको सुरक्षार्थ खटिने प्रहरी पुर्वाधार अभावका कारण आफै असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिंदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पुर्वाधारहरु तयार गरिदिनुपर्ने बताउनुभयो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले चुस्त र दुरुस्त सेवा प्रवाह गर्न भौतिक संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै पोखरामा अत्याधिक रहेको लागू औषध ओसारपोसार सम्वन्धी गतिविधि नियन्त्रण लाई प्रहरीले प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

नेपाल सरकारको ७ करोड ६ लाख ११ हजार ८४२ रुपैयाको लागतमा निर्माण भएका उक्त भवनहरुमा महिला तथा पुरुष व्यारेक, सिनीयर र जुनियर कर्मचारी व्यारेक, दुई वटा महिला सहित पाँच वटा हिरासत कक्ष, ८० जना क्षमताको मेशको निर्माण गरीएको प्राविधिक प्रहरी नायव उपरिक्षक केविनजंग थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment