
१५ माघ ,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।गठबन्धनको सरकारले संविधान र लोकतन्त्रलाई मास्न खोजेको प्रति संकेत गर्दै सचिव भट्टराईले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो ।

आज आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संविधान र लोकतन्त्राको रक्षाको लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो । आफ्नो सामाजिक सञ्जालमा भन्नुएको छ, ‘स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर १ संबिधान र लोकतन्त्रको रक्षा गर!









