Comments Add Comment

Advertisment

SKIP THIS

निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

१७ माघ , काठमाडौं । चोरी शिकारीका दृ’ष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकु’ञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ ।

निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो । निकु’ञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ ।

कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा मर्मतको काम भइरहेको उनले जानकारी दिए । ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामेरा मर्मतका गर्नुपर्ने उनको भनाइ छ ।

तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ ।

निकुञ्जभित्र गर्ने काम भएकाले निकु’ञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उनले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो ।

निकुञ्जले एक जना कर्मचारी र आवश्यक सहयोग मात्रै गरेको हो । उनले भने, ‘अहिले क्यामेरा मर्मत र तार जडानको काम भइरहेको छ । अझै केही क्यामेरा मर्मत हुन बाँकी छ ।’ क्यामेरा मर्मत भएसँगै निकुञ्जका संवेदनशील स्थान सबै समेट्न सकिने उनले जानकारी दिए ।

चालू आर्थिक वर्षमा दुईवटा गैँडा चोरी शिकारीले मारेसँगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो । ती क्यामेराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै