Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा थपिए १ हजार ७२२ नयाँ संक्रमित

१७ माघ , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँमामात्र १ हजार ३६१ संक्रमित थपिएका छन् । भक्तपुरमा ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा २७१ संक्रमित भेटिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप ८ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

Advertisment

छुटाउनुभयो कि? सबै