Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

 

१८ माघ, झापा । प्रहरीलेमेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सेवन उराउलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी झापाअर्जुनधारा नगरपालिका-३ गडुल चौकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १२ हजार ५ सय ५ रुपैयाँ सहित सोही नगरपालिका(३ बस्ने ३३ वर्षीय प्रेम बहादुर कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खुदुनाबारीबाट खटिएको प्रहरीले उनलई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै