Comments Add Comment

Advertisment

SKIP THIS

पर्साको टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुन साह कानुको एसपीको नाम भजाएर तस्करीसंग असुली धन्दा

२० माघ , पर्सा । बिरगंज भन्सार कार्यालयको सुरक्षार्थ खटिएका पर्साको टाइगर टोलीका इन्चार्ज प्रहरी हवल्दार अर्जुन साह कानुको खुलेआम समान क्यारेङ्ग गर्ने तस्करीसंग पैसा नदिए पछी समान पक्राउ गर्ने दिए पछी छोड्ने गर्दै असुली धन्दा सुरु गरेका छन् ।

केही महिना अगाडि मात्र सरुवा भएर आउनुभएका जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतको नाम भजाएर असुली धन्दा चलाइरहेको स्थानीयहरुले बताएका छन ।

सुरक्षाको जिम्मेवारी छाडेर पर्सा टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुनले भन्सार गेटमा जिल्ला एसपी नेतृत्वको नाम भजाएर असुली धन्दा चलाइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले कानुन बिपरित जुनसुकै दर्जाको प्रहरी कर्मचारी भएपनि नाम बेचेर तस्करीहरु सङ पैसा असुल्ने काम भएको भए तत्काल कार्वाही गर्ने बताएका छ्न।

पर्साको टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुन साह कानुले ठुलो तस्करीलाई छोड्ने सानो क्यारिङवालालाई मुख्य टार्गेट बनाएर असुली धन्दा सुरु गरिरहेका छन् प्रष्ट फोटो र भिडियोमा देख्न समेत सन्किन्छ । उनले क्यारिङवालासँग जे जति भएपनि रकम दिन ताकेका गर्ने र नदिए सामान जफत गर्दिने धम्की समेत दिने गरेको पीडितहरुले रेकर्ड सहित मिडियालाई बताएका छन् ।

प्रहरी हवलदार अर्जुनले ५० रुपैयाँ देखि १०० रुपैयाँसम्म माग्ने गरेका छन् । अनावश्यक झोला तथा पोका पन्तुरा खोल्ने र पैसा माग्ने गरेको क्यारिङ वालाहरु बताउँछन् ।

उनी भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको ३ महिना पुग्न लागि सकेको छ । प्रहरी हवलदार भन्छन् । म नयाँ एसपीको विशेष मान्छे हो मलाई कसैले केही गर्न सक्दैनन् । उनीसँगैका सहपाठीहरुले समेत नेपालीको व्यवहारबाट आजित भएको बताएका छन् ।

उनी रातको समयमा अधिकांश तस्करसँग व्यवस्त हुने गरेका छन् । त्योबाट उनले रकम लिने गरेका छन् ।उनले भारतीय गाडीहरुलाई समेत असुलीको स्रोत बनाएका छन् । यस विषयमा मिडियाले पर्साको टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुन साह कानुसंग कुरा राख्दा तपाईंले हालेको समाचारले मलाई केही फरक नपर्ने र मलाई एसपीले नै राखेको भन्दै जवाफ दिएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै