Comments Add Comment

Advertisment

SKIP THIS

सिरियामा अमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु

२० माघ , काठामाडौं । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा बालबालिका र महिलासहित १३ जना मारिएका छन् । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो ।

एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानवअधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपीलाई बताए । – एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment