Comments Add Comment

Advertisment

SKIP THIS

एसपी रमेश थापा द्वारा सीसी टिभी जडान तथा मनिटरिङ कक्षको समुद्‍घाटन

२० माघ, काठमाडौं। कास्की जिल्लाको सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ र ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम शिशुवा डाँडाकोनाक कास्कीको पहलमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२७ तालचोक स्थितमा सीसी टिभी ३ थान र ईलाका प्रहरी कार्यालय शिसुवाको कार्यालय अगाडी २ थान गरी ५ वटा सीसी टिभी जडान गरिएको र ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम शिसुवा डाँडाकोनाकमा रहने गरी मनिटरिङ कक्षको स्थापना गरिएको छ ।

No description available.

No description available.

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको प्रमुख आतिथ्यता, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं.२६ र २७ वडा अध्यक्ष, विभिन्न संघ-संस्थाका पदाधिकारी, स्थानीय आमा समूह, भद्र भलादमी लगायतको उपस्थितिमा एक कार्यक्रमका बीच समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रममा बोल्नु हुँदै एसपी रमेश थापाले अपराध रोकथाम,न्यूनिकरण र अनुसन्धानलाई थप प्रभावकारी बनाउनको लागि Technology Based Policing को अवधारणा अंगिकार गर्नुपर्ने र सो तथ्यलाई मनन गरी सामुदायिक सेवा केन्द्र लेखनाथको अगुवाइमा सीसी टिभी जडान गर्ने कार्यको सुरुवात भएको र यस प्रशंसनीय र अनुकरणीय कार्यको बिस्तार आजको आवश्यकता रहेको धारणा राख्दै यस सीसी टिभी जडानबाट प्रहरी काम कारबाही तथा अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।

No description available.

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकका डिएसपी महेन्द्र प्रसाद मरासिनी, वडा अध्यक्ष द्वय नारायण प्रसाद बराल र पूर्ण कुमार गुरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो भने लेखनाथ सामुदायीक सेवा एवं सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछानेले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै