Comments Add Comment

Advertisment

SKIP THIS

भिजिट भिसामा क-कसलाई रोक्यो अध्यागमनले : को कहाँ जाँदै थिए ? (सूचीसहित)

२१ माघ , काठमाडौ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा कम्बोडिया, इजिप्ट, बहराइन, कुवेत, दुबई, साउदी अरेबिया र ओमान हिँडेका १४ जना लाई फिर्ता (अफलोड) गरेको छ ।

उनीहरु बिहीबार भिजिट भिसामा आ(आफ्ना गन्तव्य मुलुक जान लागेका थिए। भ्रमणको उद्देश्य पुष्टि गर्न नसकेपछि अध्यागमन कार्यालयले उनीहरुलाई फिर्ता गरेको हो । बिहीबार त्रिअवीस्थित अध्यामगन कार्यालयबाट फिर्ता हुनेमा कम्बोडिया हिँडेकी काठमाडौंकी इशा तुलाधर, इजिप्ट हिँडेका नुवाकोटका अमरबहादुर तामाङ, बहराइन जान लागेकी तनहुँका होममाया थापा र दिपिसा थापा, कुबेत जान लागेका झापाका न्यान्सी नकर्मी,अरिया क्षेत्री, केलुब बजगाँइ र अर्का एक क्षेत्री थरका व्यक्ति छन् ।

अध्यागमनले यात्रा शंकास्पद भन्दै दुबई जान लागेकी सिन्धुलीकी अन्जु लामा, पाल्पाका नरेश अर्गली मगर, रामेछापकी सिर्जना कुमारी थोकर, साउदी अरब हिँडेका रुपन्देहीका लक्ष्मण विक, मकवानपुरकी साधना आचार्य र ओमन हिँडेका चितवनका प्रकाश ल्वागुनलाई समेत फर्काएको स्रोतले बताएको छ ।

पाल्पाका अर्गली मगरलाई अध्यागमनका अधिकारीरुले कागजपत्र नपुगेको भन्दै माघ १८ गते समेत फर्काइ दिएका थिए । मगर पुरानै कागजपत्र लिएर दुबई जान खोजेपछि अध्यागमनले उनलाई बिहीबार पनि फर्काइदिएको थियो।

भिजिट भिसामा गन्तव्य मुलुक जान आवश्यक कागजपत्र नपुगेका र शंकास्पद ढंगले यात्रा गर्नेहरुलाई त्रिअवी अध्यागमनका कर्मचारीहरुले प्रस्थान अनुमति दिन अस्वीकार गरेका हुन् । गृह मन्त्रालयको निर्देशनसँगै त्रिअवी अध्यागमन कार्यालयले मलेसिया, खाडी मुलुक र यात्रा उद्देश्य स्पष्ट नभएका भिजिट भिसा भएकाहरुको यात्रमा कडाई गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment