Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा ढुंगा प्रहार गरी दुईको हत्या

२४ माघ, काठमाडौं। सामान्य विवादमा अन्धाधुन्ध ढुंगा प्रहार गरी गएराति सिन्धुपाल्चोकमा २ जनाको निर्ममतापूर्वक हत्या गरिएको छ । वलेफी गाउँपालिका ७ माथिल्लो चिम्लीङका ३८ वर्षका विजय तामाङले ढुंगा र बाँसको भाटाले हिर्काएर सोही ठाँउकी ७० वर्षीया बसुमाया तामाङ र उनका भाइ ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपीले जानकारी दिए ।

हत्यामा संलग्गन विजय र सन्तवीर नाताले काका–भतिजा हुन । उनीहरु दिउँसोदेखि नै सँगै मादक पदार्थ सेवन गरेर बसेका थिए । बेलुकी विवाद भएपछि विजयले एक्कासी ढुंगा प्रहार गरेर लडाएका थिए ।

सँगै रेहकी मृतकको दिदी बसुमायाले नहिर्काउन आग्रह गर्दे जाँदा उनलाई समेत बाँस र ढुंगाले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संग्लग्न विजयलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिए । ढुंगा र बाँस प्रहारले दुवैको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment