Comments Add Comment

Advertisment

SKIP THIS

मोरिससविरुद्ध जितपछि फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

२७ माघ ,काठमाडौं ।अघिल्लो साता मोरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा रहेको हो ।

यसअघिको वरीयतामा नेपाल १६९औं स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४ औं र माल्दिभ्स १५७ औं स्थानमा छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५ औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४ औं स्थानमा छन् ।

विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड क्रमशः दोस्रोबाट दशौं स्थानसम्म रहेका छन् । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै