Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेमा नागरिकता लिन पुगेका नक्कली बाबुछोरा पक्राउ

३ फागुन, काठमाडौं । नक्कली बाबुछोरा बनी नागरिकता लिन खोज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका ८ का नानी तामाङ र धर्मराज तामाङ रहेका छन् । धर्मराजले आफू नानी तामाङ र जमुना तामाङको छोरा हुँ भनी नक्कली जन्म दर्ता प्रमाणपत्र समेत बनाएका थिए ।

उनले रोशी गाउँपालिका वडा नं. ८ मा आवश्यक विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि नागरिकताको अनुसूची फारम प्रमाणित गराएर जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि कागजात पेश गरेका थिए । धर्मराजले वंशजको आधारमा नेपाली नागरिकता पाउँ भन्दै दिएको निवेदन शंकास्पद देखिएपछि नागरिकता पाउँ भन्ने व्यक्ति धर्माज र छोरा हो भनि सनाखत गर्ने नक्कली बाबु नानीसँग आवश्यक कुराहरु सोधपुछ गर्दा उनीहरुले दिएको जवाफ र सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भई आएको नागरिकताको अनुसूची फारममा उल्लेखित व्यहोरा फरक पाइएको थियो ।

सो क्रममा आवश्यक सोधपुछ पश्चात छोरा हुँ भनि नागरिकता दाबि गर्न उपस्थित भएको व्यक्ति र बाबु हुँ भनि सनाखत गर्न उपस्थित भएको व्यक्ति सहोदर बाबु–छोरा नभएको खुल्न आएको थियो । उनीहरुलाई झुट्टा विवरण पेश गरी सरकारी कार्यालय समेतलाई झुक्यानमा पारी नक्कली बाबु छोरा बनी जन्म दर्ता समेत बनाई नेपाली नगरिकता लिन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयले पत्र पठाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नक्कली बाबुछोरा बनी नागरिकता लिन खोज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका ८ का नानी तामाङ र धर्मराज तामाङ रहेका छन् । धर्मराजले आफू नानी तामाङ र जमुना तामाङको छोरा हुँ भनी नक्कली जन्म दर्ता प्रमाणपत्र समेत बनाएका थिए । उनले रोशी गाउँपालिका वडा नं. ८ मा आवश्यक विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि नागरिकताको अनुसूची फारम प्रमाणित गराएर जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि कागजात पेश गरेका थिए ।

धर्मराजले वंशजको आधारमा नेपाली नागरिकता पाउँ भन्दै दिएको निवेदन शंकास्पद देखिएपछि नागरिकता पाउँ भन्ने व्यक्ति धर्माज र छोरा हो भनि सनाखत गर्ने नक्कली बाबु नानीसँग आवश्यक कुराहरु सोधपुछ गर्दा उनीहरुले दिएको जवाफ र सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भई आएको नागरिकताको अनुसूची फारममा उल्लेखित व्यहोरा फरक पाइएको थियो ।

सो क्रममा आवश्यक सोधपुछ पश्चात छोरा हुँ भनि नागरिकता दाबि गर्न उपस्थित भएको व्यक्ति र बाबु हुँ भनि सनाखत गर्न उपस्थित भएको व्यक्ति सहोदर बाबु–छोरा नभएको खुल्न आएको थियो । उनीहरुलाई झुट्टा विवरण पेश गरी सरकारी कार्यालय समेतलाई झुक्यानमा पारी नक्कली बाबु छोरा बनी जन्म दर्ता समेत बनाई नेपाली नगरिकता लिन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयले पत्र पठाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै