Comments Add Comment

Advertisment

SKIP THIS

विश्वभर कोरोना जित्नेको संख्या ३४ करोड नाघ्यो

५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५ लाख २४ हजार निको भएसँगै कोरोना जित्नेको संख्या ३४ करोड ११ लाख पुगेको हो। पछिल्लो समय संक्रमण हुने भन्दा निको हुनेको दर बढ्दै गएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

२४ घण्टामा २० लाख ४४ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ७८ लाखभन्दा धेरै भएको छ। यो अवधिमा १० हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ६६ हजारभन्दा धेरै पुगेको छ।

वल्डोमिटरका अनुसार योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ७ करोडमा झरेको छ। अझै पनि ७ करोड ८ लाख सक्रिय संक्रमित रहेकामा ८४ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण थपिएको छ। ९ हजार ७५६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार ६ हजार ७८२ जनाको पीसीआर र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ५४८ र एन्टिजेन परीक्षणबाट १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। बुधबार थप ३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ। अहिले देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment