Comments Add Comment

Advertisment

SKIP THIS

थप ५७० जनामा कोरोना पुष्टि, ६ को मृत्यु

५ फागुन, काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना निको हुँदा ६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५० जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ४६ हजार ३३० जना निको हुँदा कुल ११ हजार ९११ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment