Comments Add Comment

Advertisment

SKIP THIS

भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो

०६ फाल्गुन , काठमाडौं । भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।

जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । ‘युरोफेरी ओलम्पियाका क्याप्टेनले डुंगा छोड्न भनेका छन,’ प्रहरीले जनाएको छ । क्षतिबारे विवरण सार्वजनिक भएको छैन् । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बारामा आगोमा जलेर एक महिलाको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

बारामा आगोमा जलेर एक महिलाको मृत्यु