Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकाको जवाफ एमसीसी स्वीकार गर्ने कि नगर्ने नेपालकै निर्णय

८ फागुन, काठमाडौं । अमेरिकाले एमसीसी स्वीकार गर्ने वा नगर्ने नेपालको हातमा रहेको बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वमौम विषय भएको बताएको हो ।

‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो’, दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चीनले एमसीसीका सन्दर्भमा अमेरिकाले नेपालमाथि मिचाह कुटनीतिक शुरू गरेर बलजफ्ती गरेको टिप्पणी गरेको भोलिपल्ट अमेरिकाले विज्ञप्ति जारी गरेर जवाफ दिएको हो ।

यस वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष समेतको भन्दै दुतावासले अमेरिका सधैं नेपालको परिर्वतन र विकासको पक्षमा रहेको जनाएको छ ।  ‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबीचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment