Comments Add Comment

Advertisment

SKIP THIS

दुर्घटना हुँदा एक जनाको मृत्यु

१२ चैत , काठमाडौं । काठमाडौँको कलङ्कीमा तीन वटा गाडी र एउटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कलङ्कीबाट बल्खुतर्फ आउँदै गरेको वाग्मती प्रदेश-१-२५-प ०४२० नम्बरको गाडी, बा ४९ प ७१८५ नम्बरको स्कुटर, बा १ प ९८८ नम्बरको माइक्रो बस र ना ५ ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो । माइक्रोसँग ठोक्किएपछि स्कुटरमा रहेका एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ । स्कुटर पछाडि रहेका सुनसरी धरान घर भइ ललितपुरको टीकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते स्कुटर चालक दिनेश थापाको वयोधा अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment