Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको पेटबाट निकालियो ३५ किलोको ट्युमर

२५ जेठ, काठमाडौ । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ ।

एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो।

अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजु लगायतको टोली थिए।

सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ। यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलोपटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको हो।

आर्थिक अवस्था कमजोर र समयमै अस्पताल नआउँदा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाइ छ।

उपचार खर्च तिर्न समस्या

बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजारसहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन्।

अस्पतालले सक्नेजति छुट गर्ने बारेमा छलफल भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment