१२ फागुन, काठमाण्डौं । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडाका मनिष साहका ४२ वर्षीय छोरा महादेव साह छन्। साहलाई घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि गम्भीर घाइते भएका साहलाई तत्कालै अस्पताल ल्याएको थियोे ।
राजविराजस्थित छिनन्मस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइराखेको छ।




