२० फागुन , काठमाडौं । प्रहरीले गैंडा मारेर खाग चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
चितवन कालिका नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ बनस्थली बस्दै आएका ४० वर्षीय राजन प्रजालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले बताए ।
वृत्त बालाजुबाट सादा पोसाकमा खटिएको प्रहरीले प्रजालाई मंगलबार वनस्थलीबाट मंगलबार पक्राउ गरेको हो।
गत असारमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग चोरी गरेको घटनामा प्रजा संलग्न थिए। त्यसपछि उनी फरार रहेका डीएसपी मिश्रले बताए।
प्रहरीले उनलाई थप कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाएको बताएको छ।



