Comments Add Comment

Advertisment

SKIP THIS

ओलीसँग भेटेपछि करिश्माले के भनिन् ?

२६ फागुन , काठमाडौ । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ने बताएकी छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि उनले यस्तो आशय व्यक्त गरेकी हुन् ।

अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।

एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको उनले बताएकी छन् । भेटमा एमालेमा प्रवेश गर्नेबारे छलफल भएपनि निर्णय भने लिएकी छैनन् । तर, चाँडै आफू एमाले प्रवेश गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment