मकवानपुर प्रहरी प्रतिबन्धित लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप-नगरपालिका वडा नं.१६ बस्ने वर्ष २९ को सवारी चालक बुद्धीमान वाईबा,सोही गाडीमा सवार सोही स्थानमा बस्ने वर्ष २९ को अर्जुन स्याङतान र बस्ने वर्ष ३० को बिनोद पाख्रिन रहेका छन ।
ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजा लुकाएर ल्याउँदै छ,भन्ने विशेष सुचनाको आधारमा उनीहरूलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेकोे हो ।
मकवानपुर जिल्ला मनहरी गाउँ पालिका वडा नं. ७ स्थित सडकखण्ड चैनपुरबाट हेटौडा तर्फ आउदै गरेको बा. ७ च १६०६ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँचको क्रममा लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागुऔषध गाँजा १८० किलो फेला परेको हुदाँ उक्त लागुऔषध गाँजा,पिकअप गाडी सहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






