Comments Add Comment

Advertisment

SKIP THIS

साताको पहिलो दिन घट्यो नेप्से परिसूचक

६ चैत , काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अङ्कले घटेर दुई हजार ६१६.५८ मा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतबार बजार ०.५६ प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ अङ्कले ओरालो लागेर ४९४.३८ पुगेको छ । आजको बजारमा नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ वटा उपसमूहका शेयर मूल्य घटेका छन् भने लगानी उपसमूह मात्रै बढेको छ । बैंकिङ ८.०३, व्यापार ४१,९४ होटल तथा पर्यटन ६३.८४, विकास बैंक ५३।५१, जलविद्युत् १३.०६, वित्त २५।७३, निर्जीवन बीमा ७४.२६, उत्पादन ६८.५९, अन्य ३२.३, लघुवित्त ५.४१, जीवन बीमा १९७.०९, सामूहिक लगानी कोष ०.१३ अङ्कले ओरालो लागेका छन् भने लगानी १.४४ अङ्कले बढेको छ ।

आजको बजारमा कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु १६ करोड २९ लाख ४९ हजार ६३० मूल्य बराबरको कारोबार भयो । आजको कारोबारमा दुई कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसमा राष्ट्र उत्थान लघुवित्त संस्था र ईमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेका छन् ।

उता मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ३.७६ प्रतिशतले घटेको छ । त्यस्तै शिभश्री हाइड्रोपावर ३.३१, प्रभु लाइफ इन्सुरेन्स ३.२९, एभरेष्ट इन्सुरेन्स ३.२५ र बिसालबजार कम्पनी लिमिटेडका लगानीकर्ताले ३.२३ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै