Comments Add Comment

Advertisment

SKIP THIS

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड

२० चैत , काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आईपीओ बाँडफाँड भएको छ । कम्पनीले यही चैत ८ देखि ११ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।

यसअघि नै आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गरिरहेको कम्पनीले सर्वसाधारणका लागि ३१ करोड २५ लाखबराबरको ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याएर २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो ।

कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये पाँच हजार १३३ आवेदकको आवेदन रद्द भएको र २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment