२५ चैत , काठमाडौं । बतास समूहले भाडामा लिएर सञ्चालन गरेको आनन्द पशुपतिमा सरकारले ताला लगाएको छ ।
सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेको भोलिपल्टै सरकारले ताला लगाएको हो । करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।
सो समूहका अध्यक्ष आनन्द बतासका अनुसार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले २५ करोड रुपैयाँ क्षति पुगेको छ । सो क्षति पूर्तिको माग गर्दै बतास समूह अदालत पुगेको छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा २५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको बतासले जानकारी दिए ।



