Comments Add Comment

Advertisment

SKIP THIS

पोखरा आउदै गरेको कार खोलामा खस्दा ४ जना घाइते

२८ चैत , काठमाडौं । लाहाचोकबाट पोखरा आउदै गरेको कार खोलामा खस्दा ४ जना घाइते भएका छन् ।

आज एकाबिहानै कास्की जिल्लाको मर्दीखोलामा कार खसेर दुर्घटनाग्रस्त हुँदा चार जना घा’इते भएका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका –४,लाहाचोकबाट पोखरा आउँदै गरेको ग ३ च ७५८७ नं को कार आज विहान अन्दाजी ७ः४५ मर्दी खोलामा ख’स्दा चार जना घाइते भएका हुन् ।

सो दुर्घटनामा परेर लाहाचोक बस्ने वर्ष ७० का भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घा’ईते भएका छन्। घाइ’ते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कार अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल मर्दीखोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment