Comments Add Comment

Advertisment

SKIP THIS

सलोनले झम्सिखेलमा खोले रेस्टुरेन्ट

३० चैत , काठमाडौं । अभिनेता सलोन बस्नेतले लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका छन् । ललितपुरको झम्सिखेलमा नयाँ वर्षको अवसर पारेर उनले आसन लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका हुन् । सलोनले मिल्ने साथी रबिन कँडेलसँगको सहकार्यमा झन्डै एक करोड लगानिमा उक्त बार संचालनमा ल्याएको बताएका छन् । सलोनका अनुसार लाउन्जमा सफिक हप ब्यान्डले हरेक दिन लाइभ म्यूजिक प्रस्तुत गर्नेछ ।

कलाकारीतासँगै व्यवसाय लाई पनि अगाडि बढाउने उद्धेश्यका साथ साथीहरुसँग मिलेर व्यवसाय सुरु गरेको सलोनले बताए । ‘बचेको समयलाई सदुपयोग गरौँ भन्ने उद्धेश्यका साथ युवाहरु मिलेर एउटा कोसिस गरेका हौँ’ सलोनले भने ।

युवाहरुले मिलेर देशमै केही गर्न सकिन्छ भन्ने सोच अरुमा पनि पुगोस् भन्ने उनीसहित टिमको उद्धेश्य छ । रेस्टुरेन्टमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै