Comments Add Comment

वरिष्ठ एसएसपी शाह जिल्ला प्रहरी अर्घाखाँचीको निरीक्षण भ्रमणमा

२२ पुष , काठमाडौ ।  नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिद्धी बिक्रम शाहले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा भएरगरेको कार्य तथा योजनाको अनुगमन तथा निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई विशेष गरी अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा हुने गरेका कमी कमजोरी तथा परिस्कृत कानूनी प्रावधानहरू एवम् जनमुखी प्रहरी सेवा प्रवाह सम्बन्धमा अमूल्य निर्देशन दिनुभएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालले अर्घाखाँची जिल्लाको अपराधको अवस्था तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट अपराध अनुसन्धान तथा नियन्त्रणमा भए गरेका प्रयासहरूका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment