Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयद्वारा उत्कृष्ट अनुसन्धान गर्ने इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई सम्मान

२०७९ बैशाख १ , काठमाडौ  । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार उत्कृष्ट अनुसन्धान तथा सहकार्यको लागि महानगरीय प्रहरी वृत्त बौद्धको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले श्रेष्ठलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

उक्त सम्मान कार्यक्रममा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल तथा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका साथै महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपाने उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै